लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

२०७९ पुष १४, बिहीबार ११:३८ बजे

काठमाडौं : लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले चुक्तापुँजी १ अर्ब ३७ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार