
काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाले माघ ६ गते क्राउन होटल हारती, नुवाकोटमा साधारण सभा डाकेको हो ।
सभाले हाल रहेको सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नुहुने आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा मिति २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्तसम्मको नाफा/नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने लगायत लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्ने छ ।
सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने नगद लाभांश र बोनस शेयरको (कर प्रयोजन समेत )का लागि दिने प्रस्तावमाथि छलफल गरी पारित गर्ने । सभाले हाल रहेको चुक्ता पूँजीको १० प्रतिशतले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा प्रयोजनार्थको लागि पौस २२ गते बुक क्लोज गर्ने भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।