महान्यायाधिवक्ता पोख्रेलले लिए शपथ

२०७९ पुष १४, बिहीबार १२:३७ बजे

काठमाडौं : महान्यायाधिवक्तामा नियुक्त भएका दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेको छन्। पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।

शपथ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेताहरू सहभागी थिए। प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधवार नियुक्त गरेकी थिइन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार