चलचित्र विकास बोर्डको महिला समिति सदस्यमा अभिनेत्री पूजा शर्मा नियुक्त

२०७९ पुष १४, बिहीबार १३:१३ बजे

काठमाडौं : अभिनेत्री पूजा शर्मा फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर फिल्म बनाउने उनको तयारी छ ।

यसबाहेक ललितपुर झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । यतिबेला भने पूजालाई लिएर नयाँ खबर छ । उनी चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् ।

हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो ।

एक दशकदेखि पूजा फिल्म करिअरमा व्यस्त छिन् । बोर्डले बुधबार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार