एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया

२०७९ पुष १४, बिहीबार १३:३७ बजे

मकवानपुर : नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।

प्रदेशसभाको दोस्रो ठूलो दल एमालेका थपलिया चितवन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका उनी एमालेका निर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य पनि हुन् ।

जेष्ठ सदस्यको रुपमा उनले बिहीबारको संसदीय दलको अध्यक्षता गरेका थिए । थपलिया एमालेको केन्द्रीय सदस्य समेत हुन् भने उनी २०७४ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार थिए ।
बागमती प्रदेशसभामा एमालेबाट प्रत्यक्ष तर्फ १३ र समानुपातिक तर्फ १४ जना गरि २७ जना सांसद रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार