गण्डकी प्रदेशका सांसदले लिए शपथ

२०७९ पुष १४, बिहीबार १३:५१ बजे

कास्की : गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिएका हुन् । सपथ खाएपछि सांसदहरूले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लगाएका छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार