फिल्म ‘जय हो’ पोखरा र मुस्ताङमा छायांकन हुने

२०७९ पुष १४, बिहीबार १४:२८ बजे

काठमाडौं : निर्देशक शोभित बस्नेतले निर्माण गर्न लागेको फिल्म ‘जय हो’ पर्यटकीय नगरी पोखरा र मुस्ताङमा छायांकन गरिने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फिल्म त्यहाँ छायांकन गर्न लागिएको हो । निर्माता शोभित सहित निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेत पोखरा र मुस्ताङको भ्रमण गर्दै लोकेशन ‘लक’ गरेका हुन् । मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत फिल्मको छायांकन हुनेछ ।

संसारलाई नेपालको सुन्दरता देखाउन फिल्मको छायांकन पोखरा र मुस्ताङ रोजेको निर्माता बस्नेतले बताए । ‘हाम्रो उद्देश्य फिल्म बनाउनु मात्र होइन, देश चिनाउनु पनि छ’ बस्नेतले भने, ‘पोखरा र मुस्ताङ सुन्दरताका खानी हुन् र यसलाई प्रवर्द्धन गर्नु हाम्रो पनि कर्तव्य हो ।’

शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहने फिल्ममा सुरेश न्यौपानेको कथा छ । एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको मुख्य भूमिकामा अभिनेता सलोन बस्नेत रहने भए पनि अभिनेत्री छनौट बाँकी छ ।

फिल्म आगामी माघ अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा छ । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’ मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार