न्यायक्षेत्रमा शिर ठाडो बनाएर हिँड्न सक्ने वातावरण बनाउँछु : महान्यायाधिवक्ता पोखरेल

२०७९ पुष १४, बिहीबार १५:०० बजे

काठमाडौँ : महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गरेका छन्। बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएलगत्तै पोखरेलले महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्ने क्रममा कार्यालयका कर्मचारीहरुले महान्यायाधिवक्ता पोखरेलको भव्य स्वागत गरेका थिए। प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधवार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। पदभारग्रहणपछि बोल्दै उनले न्यायक्षेत्रलाई शिर ठाडो बनाएर हिँड्नसक्ने वातावरण बनाएर अघि बढ्न आवश्यक रहेको बताए।

उनले लिडर नभइ लिडरसिपलाई अघि सारेर अघि बढ्नुपर्ने बताएका छन्। उनले न्याय क्षेत्रमा भएका समस्याहरुको समाधान खोजेर अघि बढ्नुपर्ने बताए। सरकारी वकीलहरुको सेवाशर्तसम्बन्धी छुट्टै ऐन ल्याउन आफ्नो तर्फबाट गर्नसक्ने प्रयत्न गर्ने प्रतिवद्धता उनले जनाए। उनले बनेका नीतिहरु कार्यान्वयन हुन नसक्दा धेरै समस्या आउने गरेको भन्दै बनेका नीतिहरुको कार्यान्वयन गर्न अग्रसर हुनेपनि बताए।

महान्यायाधिक्ता पोखरेलले यसअघिका महान्यायाधिवक्ताहरुले गरेका राम्रा कामहरुलाई अघि बढाएर थप नयाँ काम गर्ने प्रतिवद्धता जनाए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार