
मकवानपुर : वाग्मती प्रदेशसभाको नयाँ अधिवेशन पुस १८ गते दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सोमबारका लागि ११ औं अधिवेशनको आह्वान गरेका हुन् । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले १८ गते अधिवेशन आह्वान गर्न बुधबार प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
प्रदेशसभाका सदस्यहरुले बिहीबार पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।