एभरेष्ट बैंकले मच्छिन्द्र माध्यामिक विद्यालयलाई गर्यो दुई लाख २६ हजार सहयोग

२०७९ पुष १४, बिहीबार १८:३९ बजे

काठमाडौं : एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङमा रहेकाे मच्छिन्द्र माध्यामिक विद्यालयलाई सहयाेग गरेकाे छ । बैंकले विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हाे ।

बैंकका सिएसआर कमिटिका सदस्य तथा नायब महाप्रबन्धक केशव राज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरेका थिए ।

एभरेष्ट बैंकले १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५९ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार