ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई राजाका रूपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र

२०७९ श्रावण १४, शनिबार १९:३७ बजे

काठमाडौं : पत्रकारीता छाडेर राजनीतिमा लागेर पनि सफल नेतृत्व प्रधान गर्न नसकेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई भावी राजाका रूपमा देख्न चाहेको बताएका छन्। हृदयेन्द्रको २१औँ जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो धारणा सार्वजनिक गरेका हुन्।

१९९० मा बेल्जियमका राजा बोदवाँलाई सरकारले कैयौँ दिनसम्म राष्ट्रप्रमुखबाट निलम्बन गरी सामान्य नागरिक बनाएको प्रसंग उल्लेख गर्दै मिश्रले संसद्को अधिनमा रहने गरी राजसंस्था राख्नुपर्ने फेसबुकवालमार्फत आफ्नो धारणा राखेका हुन्।

मिक्ष्ले आफ्नो फेसबुकमा लेखेका छन् – देश ढिलो–चाँडो संकटमा फस्ने ठोकुवा गर्दै त्यस्तो परिस्थितिमा सदुपयोग गर्ने उद्देश्यले संसद्ले बाँधेर भए पनि राजसंस्था राख्नुपर्ने बताएका छन्। बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ – फस्छ। त्यसैले, संकटका वेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसद्ले बाँधेर खोपामा भए पनि राजसंस्था राखौँ, मिश्रले लेखेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार