एमालेले एम अधिकारीलाई जनार्दनको सीसीटीभी फुटेजसँग साट्यो : रवि लामिछाने

२०७९ श्रावण १४, शनिबार १९:५६ बजे

एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिए रिकभर गरेर सर्वसाधारणलाई देखाइदिने

धनगढी । एमालेले एम अधिकारीलाई जनार्दन शर्मासंग सिसिटिभी फुटेज संग साटेको आोप लागेको छ ।शनिवार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारी लुकाउन मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी लुकाएको बताएका हुन् ।

‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ रु अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस् । रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला ।’

नेकपा एमालेको अर्थ तथा योजन विभागको सदस्य रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ दल र तिनका भ्रातृ संगठनले गभर्नरको राजीनामा मागेका थिए । लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए ।

कार्यक्रममा लामिछानेले भ्रष्टाचार र बेतिथिको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्ने र त्यसको लागि देशभरका स्वतन्त्र उम्मेदवारसँगको समन्वय र सहकार्य समेत सुरु भइसकेको बताए । लामिछानेको पार्टीले आयोजना गरेको सुदूरपश्चिम प्रदेश भेलालाई स्वतन्त्र उम्मेदरबाट धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित गोपाल हमालले समेत सम्बोधन गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार