लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

२०७९ आश्विन १४, शुक्रबार ०८:१० बजे

काठमाडौं : अन्तिम दिन बिहीवार लघुविमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै विमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । विमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले मात्र आवेदन दिएकोमा अन्तिम दिन विहीबार थप २१ वटा कम्पनीले आवेदन दिएका छन् ।

विमा समितिले २० भदौमा ७ वटा लघुविमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो। समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बिमा कम्पनीको लाइसेनसका लागि आवेदन आह्वान गरेको थियो। यो समाचार कारोबार दैनिकमा छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार