खाद्यले खुलायो १०६ कर्मचारीको लागि दरखास्त

२०७९ आश्विन १४, शुक्रबार १०:५५ बजे


काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भिन्न पदमा १०६ जना कर्मचारीको माग गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनीले दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिने कम्पनीले सूचनामा जानकारी दिएको छ ।

कम्पनीले विभागीय प्रबन्धक २ जना, सह(विभागीय प्रबन्धक ६ जना, वरिष्ठ अधिकृत ६ जना अधिकृत १० जना, वरिष्ठ सहायक १९ जना, अटो मिल मेकानिक्स १ जना, मिल अपरेटर १ जना र सहायक ६१ जना कर्मचारीको दरखास्त आव्हान गरेको छ ।

कात्तिक ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।दोब्बर दस्तुर बुझाएर कात्तिक १० गतेसम्म आवेदन दिन सकिने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार