फेरि महंगियो सुनको भाउ

२०७९ आश्विन १४, शुक्रबार ११:५४ बजे

काठमाडौं : साताको अन्तिम कारोबार दिन सुनको महंगिएको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात बिहीबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन बिहीबार ९२ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार