बर्दियामा आफ्नै छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

२०७९ आश्विन १४, शुक्रबार १२:५४ बजे

बर्दिया : आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

थारुले आफ्नै २० वर्षीय छोरा बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका थिए ।

थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार