दशैँ विदामा पनि महालक्ष्मी विकास बैंकले सेवा दिने

२०७९ आश्विन १४, शुक्रबार १५:०९ बजे

काठमाडौं : महालक्ष्मी विकास बैंकले दशैँ विदामा पनि खुल्ने शाखाको सूची सार्वजनिक गरेको छ । बैंकले असोज १५ देखि असोज १८ गतेसम्म र असोज २१ देखि असोज २२ गतेसम्म खुल्ने शाखाको सूची सार्वजनिक गरेको हो ।

जस अनुसार असोज १५ गते बैंकको दरबारमार्ग शाखा, असोज १६ गते बिरगंज र दरबारमार्ग शाखा, असोज १७ गते हेटौडा र दरबारमार्ग शाखा, र असोज १८ गते दरबारमार्ग र महाराजगन्ज शाखा खुला रहने बैंकले जनाएको छ। त्यस्तै असोज २० गते भैरहवा र दरबारमार्ग शाखा, असोज २१ गते पोखरा न्युरोड र दरबारमार्ग शाखा तथा असोज २२ गते दरबारमार्ग शाखा खुला रहने बैंकले उल्लेख गरेको छ ।

बैंकका अनुसार उल्लेखित दिनमा बैंकका उल्लेखित शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार