
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेष राशि हुनेहरुको लागि आजको दिन अनुकूल गोचर परेको दिन छ । पेशा तथा व्यवसायबाट राम्रो लाभ गर्न सकिने हुनाले आत्मबल र सन्तुष्टि मिल्ने देखिन्छ । विशेषकामको योजनामाथि चिन्तनमनन् हुनेछ । मानसम्मानमा बृद्धि हुने तथा ईज्जत र प्रतिष्ठा प्राप्ति हुनेछ । व्यापार–व्यवसायमा सफलता एवं सिद्धि मिल्नजाने छ । राजनीति–समाजसेवाजन्य कार्यमा पदप्रतिष्ठा तथा जिम्मेवारी मिल्नसक्ने छ । समग्रमा आज भौतिक उन्नति तथा सुख समृद्धिकर योग छ ।बरिष्ठजनसँगको संगतले आ“टसाहस बृद्धिहुने र महत्त्वाकांक्षा पनि बढ्ने छ । सफलता र शान्ति–सन्तोष एवं आनन्दानुभूति मिल्ने दिन छ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको प्रयोग भगवान शिवको भक्तिभाव उपयुक्त हुनेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृष राशिका व्यक्तिहरुको लागि आज दिन यद्यपि ग्रहको बाधक भूमिका देखिएको छ तथापि दिनलाई अनुकूलोन्मुख मान्न सकिन्छ । उच्चवर्गसँग संपर्कले तात्कालिन नभएपनि भविष्यप्रतिको आश्वासनिक उपलब्धि देखिने हुनाले केही महत्त्वाकांक्षा र मनोबल बढ्नसक्ने छ । धार्मिक आस्था एवं विचारमाबढोत्तरी हुनेछ भने सामान्यताय कामकार्यमा उन्नति प्राप्त भई केही अर्थलाभ पनि गर्नसकिने छ । मनोबललाई डग्न नदिइ विशेष गरी आफ्नो पेशा तथा व्यवसायिक क्षेत्रमा लगनशील रहनुले केही सफलता मिल्ने छ । ग्रहको बाधक दोषलाई निवारण गर्न आज यहाँले भगवान शिवको भक्ति स्तुतिको साथमा नौ अङ्क तथा पहेंलो रङ्गको प्रयोग गर्नु हितप्रद हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिथुन राशिका व्यक्तिहरुको लागि आज कामकार्यमा विघ्नबाधा, किंकर्तव्यविमूढता र अस्तवेस्तताको वातावरण सृजना हुनसक्ने छ । स्वास्थ्यमा कष्ट पर्ने तथा औषधोपचारमा सञ्चित धनको व्यय हुने सम्भावना छ । नसो“चेको झमेला आइपर्ने र संघर्षले अल्पलाभ हुनसक्ने छ । उपर्युक्त केही प्रतिकूलताको बाजुत व्यवसायिक क्षेत्रमा चहलपहल बढी आकस्मिक लाभ हुनसक्ने छ । किंकर्तव्यविमूढता र अस्तवेस्तताको बाजुत केही काम सम्पादन हुनेछ । कसैकसैलाई नसो“चेको झमेला आइपर्न पनि सक्नेछ ख्याल पुर्याउनु होला । आठ अङ्क, रातो रङ्गको प्रयोग र माँ भगवतीको साधना बढाउनाले सम्भावित ग्रहको प्रतिकूलतालाई कम गर्न मद्दत हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन केही ग्रहबाधाको बाबजुत भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा सुधार आउनेछ । कसैकसैमा आकस्मिक आक्रोश पैदा हुनसक्ने तथा कपट प्रेमको फन्दामा पर्नसक्ने सम्भावनासमेत देखिएको छ, होसियारी हुनु बुद्धिमानी हुनेछ । उच्चरक्तचापका रोगीले भने आहारविहारमा विशेष होसियारी गर्नु उचित हुनेछ । यात्रा, व्यापार व्यवसाय आदिमा लाभ मिल्ने देखिन्छ । सात अंक, सेतो रङ्ग शुभ रहने छ भने भैरवदेवको दर्शनभक्ति गर्नु फापसिद्ध हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सिंह राशि हुनेहरुको लागि आजको दिन उत्साहजनक समय परेको छ, कामकार्यमा रुची बढ्ने र सफलता प्राप्त हुनेछ । टाढा गएका तथा भएका स्वजनसँग मिलन हुने तथा सहयोग प्राप्त गर्नसकिने छ । प्रतिस्पर्धामा विजय भइने छ । आकस्मिक धनलाभ मिल्नसक्ने सम्भावनाको ग्रहगोचर रहेको दिन छ । कार्यक्षेत्रमा आएका अड्चन हटाउन सकिने तथा रोकिएर रहेका काम अगाडि बढ्नेछन् । विरोधीहरू पाखा लाग्ने वा सहमतिमा आउने छन् । राजनीति, खेलकुद जन्य क्षेत्रमा विशेष सफलता मिल्नसक्ने छ । व्यवसायिक उन्नती हुन गई आय–आम्दानीमा बृद्धिहुने छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कन्या राशि हुनेहरुको लागि आजको दिन विद्वदताको फुर्ति अल्लि अस्वभाविक रुपमा हुनसक्ने सम्भावना छ । परमुणबाट हुने मुल्यांकनमा कमजोरी फेला पर्नसक्ने छ । निरर्थक प्रयासमात्र हुनसक्ने सम्भावना देखिएको छ । गम्भीरताको साथमा धैर्यधारणपूर्वक व्यवहार गर्नसके मात्रै केही उपलब्धि लिनसकिएला । पारिवारिक सामाञ्जस्यता मिलाउन प्रयत्न गर्नुपर्ने हुनेछ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु नै बुद्धिमानी हुनेछ । आज यहाँले पाँच अङ्क, रातो रङ्गको प्रयोग एवं भगवान आसुतोषको सेवा आराधना गर्नाले ग्रहको प्रतिकूलतालाई कम गर्न मद्दत हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तुला राशिहुनेहरुको लागि आजको दिन कामकार्यमा विभिन्न अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु आइलाग्न सक्ने भएकोले संघर्षबाट मात्रै अल्पलाभ एवम् सफलतामिलनसक्ने छ ।आफ्नै विचारमा संकोचको भावनाले दुख दिनसक्ने र नसो“चेको झमेला आइपर्नसक्ने देखिएकाले अनावश्यक आसक्ति नगरेकै राम्रो हुनेछ भने आफूमा केही सहने क्षमताको विकास गर्नाले पनि सम्भावित पछुतोबाट बच्न सकिने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना छ, बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने हुनाले पुरुषार्थकर दिन रहनेछ । शारीरिक जोशजाँगर बढ्ने छ भने रोकिएर रहेका काम पूरा गर्न मन लाग्ने छ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवम् भाइबहिनीसँगको सहकार्यबाट लाभ हासिल गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तीन अंक, हरियो रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने दिदी बहिनीलाई उपहार दिनाले अपेक्षित उपलब्धि ल्याउन सहयोग गर्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धनु राशि हुनेहरुको लागि आजको दिन सकारात्मक देखिएको छ । पेशा तथा कार्यक्षेत्रमा व्यस्तता बढ्ने र धन–सम्पत्तिको सञ्चय हुनजाने छ । केही मनोकामना पूरा हुनेछन् । घर परिवार वा कूलभित्र विवाहा आदि कुनै माङ्गलिक कार्य सम्पादन हुनसक्ने एवम् नातासम्बन्ध तथा संपर्क बढ्ने सम्भावना देखिएको छ । सांसारिक पुरुषार्थ हुनेहुनाले सन्तोष एवम् उत्साहकर दिन परेको छ, समयको सदुपयोग गर्नुहोला । आज यहाँको वाणीमा माधुर्यताको प्रभाव बढ्ने योग परेकोले गायक, प्रवचक आदि वाकवृति हुनेहरुको लागि दिन विशेष अनुकूलप्रद रहनसक्ने छ । अन्यक्षेत्रका व्यक्तित्त्वहरुको लागि पनि लाभ एवम् सफलता नै मिल्ने छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आकर्षण बढ्नाले मान्छेहरु प्रभावित हुने छन् । मानप्रतिष्ठामा बढोत्तरी हुने, स्वादिष्ट भोजनको अवसर मिल्ने, केही धनार्जन पनि हुने र भौतिक सुख मिल्ने छ । नया“ पेशा एवम् व्यवसायको बारेमा विचार मन्थन हुनसक्ने छ । औपचारिक गोष्ठी–कार्यक्रम आदिमा संलग्नताको अवसर पनि देखिएको छ । पारिवारिक–साथीभाईबाट सहयोग र लाभ एवं सन्तोष मिल्ने दिन छ । आज यहाँलाई यहाँको लागि एक अंक, रातो रङ्ग उपयुक्त हुनेछ भने सदाशिवको दर्शनभक्ति हितकर हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन अनपेक्षितरुपमा सञ्चित धनको खर्च हुने सम्भावनालाई गोचरले संकेत गरिरहेको छ । अर्थहिन घुमफिर पनि नहोला भन्न सकिन्न । काममा अबरोध आउने तथा शत्रुतत्त्वको भूमिका रहनसक्ने छ । आफ्नै बुद्धिले मेसो नपाउँदा पश्चाताप एवं नैराश्यता व्यहोर्न पर्नसक्ने छ । सहकर्मीसंग विवाद पर्न पनि सक्छ भने विश्वास गरेको व्यक्तिबाट विश्वासघात हुनसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । संयम पूर्वक संघर्षकासाथमा विचलित नभइ स्वकार्यमा लगनशील हुनाले अन्तिममा परिणाम अनुकूल ल्याउन पनि सकिनेछ । तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान गौरीशङ्करको स्तुति आज यहाँको लागि शुभप्रद हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सत्कर्मबाटै आय–आम्दानी गर्नसकिने छ । अन्यान्य कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको उपयोग र माँ भगवतीको भक्ति आराधना गर्नाले ग्रहको बाधक दोष कम भई केही उपलब्धि हुनसक्नेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।