मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

२०७९ मंसिर १४, बुधबार १०:५५ बजे

हेटौंडा : हेटौंडा मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा लामा घाइते भएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार