
काठमाडाैँ : रौतहटको पश्चिम भेग फतुवा विजयपुर नगरपालिकास्थित दुई बिगाहा क्षेत्रफलको खेतमा फलेको धानमा अज्ञात समूहले आगो लगाई दिएको छ । अवकाश प्राप्त सई रामानन्द यादवको खेतको धान काटेर दाइँ गर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा गए राति १२ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट धान पूर्णरुपमा जलेको छ । सो घटनामा एक लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताएका छन् । घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा कसैले राजनीतिक पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पूर्व सई यादवको अनुमान रहेको छ ।
दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ । घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।