
काठमाडौं : निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा मतगणना कार्य अगाडी बढाउँन निर्देशन दिएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले पुन: मतदान गर्नु पर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै मतगणना कार्यलाई अगाडी बढाउँन निर्देशन दिएको हो ।
नेकपा एमालेले स्याङ्जा २ मा बुथ कब्जा भएको भन्दै पुन: मतदानको माग गरेको थियो । मृत्यु भएकाको नामबाट भोट हालिएको, विदेश गएकाहरुको नामबाट पनि भोट हालिएको भेटिएको भन्दै एमालेले पुन: मतदान गर्न माग गरेको थियो ।
आयोगले भने मतदान नहुने भन्दै मतगणना अगाडी बढाउँन निर्देशन दिएको हो। दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयोगले जनाएको छ।
स्याङजा– २ मा कांग्रेसबाट धनराज गुरुङ र एमालेबाट पद्या अर्याल उम्मेदवार छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।