
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको बैठकमा आफ्नो क्षेत्रमा पुन मतदान गर्नुपर्ने धारणा राखेका छन् ।
बुधबार बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा उनले इलाम क्षेत्र नम्बर १ धाँधली भएकोला पुन मतदान गर्नुपर्ने बताए । यदी पुन मतदान नगरेको अवस्थामा कानूनी उपचार खोजिने समेत उनले चेतावनी दिएका छन् ।
‘मेरो क्षेत्रमा चुनावमा एमालेले धाँदली गरेको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ’ खनालले भने, ‘ मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ । यदि त्यसो हुन नसकेमा कानुनी उपचार खोज्नुपर्छ।’
त्यस्तै पार्टीले पनि खनाल हार्नुको कारण खोज्ने निर्णय गरेको छ । यस्तै पार्टीबाट टिकट पाएपनि पराजित भएका नेताहरूले आ –आफ्नो धारणा राखेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।