
काठमाडौँ : प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख भोट कटाएको छ।
समानुपातिकतर्फ रास्वपा चौंथो स्थानमा छ। निर्वाचन आयोगको तथ्यांक अनुसार बुधबार दिउँसो पौने ४ बजेसम्म १ करोड १ लाख ३९ हजार ७२१ मत गणना गरिएको छ।
सो मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १ हजार १६२ मत ल्याएको छ । पहिलो नम्बरमा रहेको एमालेले २७ लाख १३ हजार ८२५ मत ल्याउन सफल भएको छ । सुरुदेखि नै अग्रता बनाएको एमालेले समानुतिकतर्फ अग्रता कायमै राखेको छ।
यस्तै, नेपाली कांग्रेसले २५ लाख ७७ हजार ३९० मत ल्याएको छ। उता माओवादी केन्द्रले ११ लाख ५० हजार ६६३ मत ल्याएर तेस्रोमा छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी हुँदा पाँचौमा रहेको राप्रपाले ५ लाख ७५ हजार १३ मत ल्याएको छ।
जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९२१ र जनमत पार्टीले ३ लाख ७६ हजार१५९ मत ल्याएको छ । थ्रेसहोल्ड कटाउन संघर्षरत नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २ लाख ८९ हजार ४८८ मत ल्याएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।