भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

२०७९ पुष १५, शुक्रबार ०७:२८ बजे

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।


उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम… । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार