
काठमाडौँ : बलिउड अभिनेता सलमान खानले अब आफ्ना बडीगार्ड शेराका छोरा अबिर उर्फ टाइगरलाई लन्च गर्ने भएका छन् । सलमान अबीरको अपोजिट अभिनेत्रीको खोजीमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यस अघि सोनाक्षी सिन्हा, जरिन खान र सुरज पञ्चोलीलाई लञ्च गरेका उनले टाइगरलाई लन्च गर्न लागेका हुन् । सलमानले तेरे नामका निर्देशक सतीश कौशिकलाई अबीरको भूमिका रहने गरी फिल्म निर्देशन गर्न अनुरोध गरेको समाचारमा जनाइउको छ ।
फिल्मको स्क्रिप्ट पनि तयार भइसकेको र २०२३ मा छायांकन सुरु हुने बताइएको छ । यसो त टाइगरले सलमानलाई गडफादर मान्छन् ।
सलमान जस्तै अबीर पनि फिटनेसका धेरै शौकिन छन् । मिडिया रिपोर्टका अनुसार अबीरले अलि अब्बास जफरलाई ब्लकबस्टर फिल्म सुल्तानमा असिस्ट गरेका थिए जसमा सलमान मुख्य भूमिकामा थिए । सन् २०२३ मा सलमान खान फिल्म ‘कस भाई की जान’ मा देखिनेछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।