मकवानपुरमा सवारी दुर्घटनाहुदा एक जनाको मृत्यु, तीन घाइते

२०७९ पुष १५, शुक्रबार १३:०८ बजे

मकवानपुर : धरानचतरा सडकखण्डअन्तर्गत मकवानपुर बकैयामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार बिहान बकैया-५ तिनतलेमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना.२२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना. ७ ख १३५२ नम्बरको सिमेन्ट बोकेको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा-१८, फुर्केचौरका ३० वर्षीय विक्रम भोम्जनको उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालक बारा निजगढ–९ का २५ बर्षीय सूर्यबहादुर घिमिरे, मोटरसाइकलमा सवार हेटौंडा–१८ का ४० वर्षीया हिमाया लोप्चन र ट्रकमा सवार एक जना हालसम्म हाल नाम थर नखुलेको करिब २५ वर्षीय पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार