मोदीले राजदूतमार्फत प्रचण्डलाई पठाए बधाई पत्र

२०७९ पुष १५, शुक्रबार १३:५१ बजे

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न श्रीवास्तव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेका थिए। भेटमा नेपाल भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार