झलनाथ खनाल र उपेन्द्र यादवबीच भेटवार्ता

२०७९ पुष १५, शुक्रबार १४:०४ बजे

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ। खनाल निवास डल्लुमा दुई नेताबीच अहिलेको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

‘हामीले अहिलेको घटनाक्रमबारे छलफल गर्यौं। यादवजीले अहिलेको त्रिशंकु संसदबारे चिन्ता जनाउनुभयो,’नेकपा एसका नेता खनालले भने,’वाम एकता गरेर अघि बढ्नुपर्ने यादवजीको सुझाव थियो। उहाँले सत्ताका लागि भन्दा पनि स्थायित्वको लागि सहकार्य हुनुपर्छ भन्नुभयो।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार