एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौं : देव गुरुङ

२०७९ पुष १५, शुक्रबार १५:४० बजे

बुटवल : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालका सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका छन् ।

तमु ल्होसार कार्यक्रममा सहभागी हुन रुपन्देही आएका गुरुङले शुक्रबार भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै नेपालका कम्युनिष्ट पार्टीहरु एक ठाउंमा उभिनुको विकल्प नभएको बताए । वामपन्थी दलहरु एकतावद्ध नभए गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि गुम्दै जाने गुरुङको दावी छ ।

‘सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्छ’-गुरुङले भने–‘सबै कम्युनिष्ट घटकहरू मिलेर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं ।’ उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा समेट्ने प्रक्रियामा रहेको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार