तमु ल्होसारका लागि सरकारले आवश्यक बजेट छुट्टाउँछ : प्रधानमन्त्री दाहाल

२०७९ पुष १५, शुक्रबार १६:४० बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु ल्होसारका निम्ति सरकारले आवश्यक बजेट छुट्टाउने प्रतिवद्धता जनाएका छन् । तमु ल्होछारका अवसरमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले शुक्रबार काठमाडौंको टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले तमु ल्होसारका निम्ति अहिलेसम्म दिइदै आएको भन्दा बढि बजेट सरकारले छुट्टाउने प्रतिवद्धता जनाएका हुन् ।

तमू समुदायको मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको र आफ्नो इमान्दारिता, लगनशीलता, मेहनत, वीरता र बलिदानको कीर्तिमानीका कारण तमु समुदायको नेपाली पात्रोमा गर्वको एउटा पहिचान रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले तमु समुदाय र उनका पूर्खाले आर्जन गरेको गौरवशाली परम्परालाई उच्च सम्मान गर्न चाहेको धारणा राखे ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार