लामाको नयाँ फिल्म ‘नांगो गाउँ’को घोषणा, दयाहाङ र मिरुना अनुबन्धित

२०७९ पुष १५, शुक्रबार १६:४६ बजे

काठमाडौं : फिल्म ‘२ नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्मको नाम ‘नांगो गाउँ’ राखिएको छ । मनिष्मा फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ ।

यो फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । मिरुना र दयाले यसअघि यो वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए । यी दुई बाहेक अन्य कलाकारको छनोट चाडै नै हुने निर्देशक लामाले बताए । यो फिल्ममा दयासँगै अर्का एक जना नायकको पनि मुख्य भूमिका रहने बताउँदै दीपेन्द्रले केही दिनमा नै सार्वजनिक गर्ने बताएका छन् ।

यो फिल्मलाई राजनीतिक कथामा प्रस्तुत गर्ने तयारी दीपेन्द्रको छ । फिल्मको छायांकन चैत्र महिनाबाट सुरु हुनेछ । निर्देशक लामाले भने, ‘यो फिल्ममा हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यङ्ग्य गर्ने तयारी गरेका छौं ।

फिल्ममा दर्शकले हाँस्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउनेछन् ।’ फिल्मको कथा लेखन अन्तिम चरणमा पुगेको भन्दै उनले कुनै पहाडी गाउँमा फिल्मको छायांकन हुने बताए ।

लामाको यो पाँचौ निर्देशकीय फिल्म हुनेछ । उनले, ‘घामपानी, गोपि, छ माया छपक्कै र २ नम्बरी’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार