गल्फ लुब्रिकेन्टद्वारा स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

२०७९ पुष १५, शुक्रबार १६:५८ बजे

काठमाडौं : नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ । पौष ९ गतेदेखि १३ गतेसम्म सो क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो ।

स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज  प्रदान गरेको थियो । ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क  बडी  चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो । सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई उपहार स्वरूप  गल्फको  टी–शर्ट, कि– रिङ्ग र डटपेन प्रदान  गरिएको थियो। क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारीक सेल्स पार्टनर राजेश ट्रेडर्स  एंड सप्लायर्सको संयुक्त आयोजनामा भएको हो । 

कम्पनीका  अनुसार स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई थप इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको  लाभ सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो । सो क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरु सहभागी थिए, ग्राहकहरुको यो उत्साहले हामीलाई थप प्रेरणा मिलेको छ ।   

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार