मस्याङ्दी नदीमा सशस्त्र प्रहरीका जवान बेपत्ता

२०७९ पुष १५, शुक्रबार १८:१५ बजे

लमजुङ : सशस्त्र प्रहरी जवान अनन्त महत मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गरेका उनी मर्स्याङ्दी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मर्स्याङ्दी गाउँपालिका-४ काभ्रे भिरबाट बेपत्ता भएका हुन् ।

उनी लमजुङ बेंसीशहरबाट मनाङतर्फ जाँदै गर्दा बाटोमा गाडी रोकेर ओर्लिएका थिए। ग १ ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ । भीरबाट उनी मर्स्याङ्दी नदीमा खसेका थिए । नदीमा बेपत्ता उनको खोजी जारी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार