निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै अवरोध : योगेश भट्टराई

२०७९ पुष १५, शुक्रबार १९:०८ बजे

काठमाडौं : नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटन मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका हुन् ।

उनले राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद् रहेको बताए । भट्टराईले राज्यका कतिपय निकायहरूले विमानस्थलको विषयमा बुझ्न नसकेको बताए । उनले वातावरण सम्बन्धी चासो भएको निकायले अर्कोको क्षेत्रका हस्तक्षेप गरिरहेको आरोप लगाए । उनले निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नुरहेको बताए । सांसद भट्टराईले निजगढ विमानस्थल रोक्नु नेपाललाई अगाडि जान नदिनु भएको पनि बताए । उनले राज्य संयन्त्रले जसले जे काम गर्नुपर्ने त्यो काम नगरेको भन्दै न्यायको निरुपण गर्नेले पुतली गरिरहेको उल्लेख गरे ।

त्यस्तै,पूर्व पर्यटन मन्त्री जितेन्द्रनारायण देवले हवाई यात्रुहरुलाई बाहिर राखेर हवाई नीति बनाएर कार्यान्वयनमा लगियो भने नेपालको हवाई उडान क्षेत्र समस्यामा पर्नसक्ने बताए । उनले सरकारले नेपालको हवाई उडान क्षेत्रलाई नीतिगत रुपमा अगाडि बढाउँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा आकर्षण गर्न सक्नुपर्ने बताए । उनले सरकारले त्यसतर्फ ध्यान दिएमा मात्रै नागरिक उड्डयनले सामाजिक तथा आर्थिक विकासमा योगदान गर्नसक्ने बताए । उनले हवाई उडान क्षेत्रलाई नेपालको जिडिपी र अर्थतन्त्रमा ठूलो योगदान गर्ने उद्योगको रुपमा बुझ्न नसकिएको बताए । उनले नेपालमा हवाई उडान क्षेत्रको धेरै ठूलो महत्व रहेको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार