माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०७९ श्रावण १५, आईतवार ०८:१८ बजे

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्नेछ ।

आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पूर्णता, अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि नभएकोले उनैलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने पार्टीको तयारी छ ।

यसअघि गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका पूर्वनिर्धारित कार्यतालिका हेरफेर गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार