प्रभु र सेञ्चुरी बैंक मर्जरमा जाने, स्वाप रेसियो १ः१

२०७९ श्रावण १५, आईतवार २२:०१ बजे

काठमाडौं । लामो समयदेखि कमजोर बैंक भनेर चर्चामा रहेको सैञचुरी बैंक अन्तत प्रभु बैंकसंग सम्मानजनक मर्जरमा जाने भएको छ । आइतवार साँझ भएको प्रभु बैंक र सेञ्चुरी बैंक बिचको मर्जर सम्बन्धी सम्झौता अनुसार यि दुई बैंक १/१ को अनुपातमा स्वाप रेसियो तोक्दै मर्जरमा जान लागेका हुन् ।

काठमाडौंको मेरियट होटलमा सेञ्चुरी बैंक र प्रभु बैंकका अध्यक्षद्वयले सो मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पछि हालका प्रभु बैंकका सिइओ र अध्यक्ष नै सोहि पदमा रहनेछन् भने सेञ्चुरी बैंकका सिइओ डिसिओ रहँदै अन्य तीन जना सञ्चालक समितिमा जानेछन् । यि बैंकको मर्जरपछि २२ अर्ब २५ करोड चुक्ता पुँजी कायम हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार