सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : रामचन्द्र पौडेल

२०७९ पुष १६, शनिबार १४:४६ बजे

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।

अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उल्लेख गर्दै पौडेलले भने, “कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ ।” कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेशसभा

सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले कांग्रेसले प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्दै जनताको मन जित्न सक्नुपर्ने बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार