माघमा महाधिवेशन गर्ने विवेकशील साझाको निर्णय

२०७९ पुष १६, शनिबार १९:२२ बजे

काठमाडौं : विवेकशील साझा पार्टीको आगामी माघ अन्तिममा महाधिवेशन गर्ने भएको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ ।

पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यहरुलाई निशर्त: महाधिवेशनमा समेट्ने निर्णय गरेको छ ।

साथै वैकल्पिक राजनीतिको वकालत गर्ने दल, समूह वा स्वतन्त्र उम्मेदवारी लिएका व्यक्तिहरुलाई समेत मधिवेशनमा समेट्न राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय समेत भेलाले गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार