
काठमाडौं : अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ निर्धारित मिति फागुन १९ गते नै रिलिज हुने भएको छ । निर्माताले शनिबार नयाँ पोस्टर सार्वजनिक गर्दै आफू पछि नहट्ने सन्देश दिन चाहेका छन् ।
मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले उक्त मितिमा ‘छक्कापञ्जा ४’लाई मात्र रिलिज गर्ने योजना बनाइरहेको पृष्ठभूमिमा ‘छड्के २’ले पोस्टर रिलिज गरेको हो ।
पोस्टरमा अनमोलसहितका सातजना कलाकार फिचर्ड छन् । यार्सागुम्बा लगायतका बहुमूल्य जडिबुटी तस्करी र बदलाको कथावस्तुमा निर्माण भएको फिल्ममा अनमोलसहित रविन तामाङको प्रमुख भूमिका छ ।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा अनमोलको अपोजिटमा रेशा आले मगरले अभिनय गरेकी छन् । चितवन र मनाङमा छायांकन भएको फिल्म सन् २०१३ को ‘छड्के’को दोस्रो श्रृंखला हो ।
अनलाइनखबरसँग कुरा गर्दै वितरक सुनिल मानन्धरले निर्धारित मितिमै ‘छड्के २’ प्रदर्शन हुने बताए । तर, क्यूएफएक्समा रिलिज हुने वा नहुनेबारे उनले केही बताएनन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।