सन् २०२३ मा आर्थिक मन्दी बढ्ने, यस्तो छ विश्वव्यापी अर्थतन्त्रको चित्र

२०७९ पुष १७, आईतवार ०७:४८ बजे

काठमाडौँ : अङ्ग्रेजी वर्ष २०२२ सकिएको छ । यो वर्ष धेरै नयाँ रेकर्डहरू बने। जस्तै: पृथ्वीको जनसङ्ख्या ८ अर्ब पुग्यो अनि विश्वव्यापी अर्थतन्त्र १०० खर्व डलर नाघ्यो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार नेपालको जिडिपी ३९.०३ अर्ब डलरको रहेको छ।

यस्ता छन् १० ठुला अर्थतन्त्र

यसरी विश्वको अर्थतन्त्रलाई सय खर्व डलर भन्दा माथि पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने क्रममा अहिले पनि २५ हजार ३५ अर्ब डलरको अर्थतन्त्र सहित अमेरिका पहिलो नम्बरमा नै छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चीन दोस्रोमा छ। जसको अर्थतन्त्रको आकार १८ हजार ३२१ अर्ब डलर छ। त्यसै गरी, ४ हजार ३ सय अर्ब डलर सहित जापान तेस्रो स्थानमा रहेको छ।

विश्वका सबै देशहरूको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ले ती देश भित्रका आर्थिक गतिविधिको सूचकको रूपमा कम गर्ने हुनाले त्यसैलाई नै आधार मानेर यस्तो सुची तयार गरिएको हुन्छ । यसले आर्थिक उत्पादनको कुल मूल्य मापन गर्दछ जसमा वस्तु र सेवाहरू दुवै पर्दछन्। त्यसै गरी निजी र सार्वजनिक दुवै क्षेत्रहरू द्वारा निश्चित समय सीमा भित्र उत्पादन गरिएको मूल्यको हिसाब यसमा रहने गर्छ।

विश्वव्यापी अर्थतन्त्र आधा बन्दा बढी हिस्सा संयुक्त राज्य अमेरिका, चीन, जापान, जर्मनी, र भारतले ओगटेका छन्। यी मुलुकहरू विश्वका सर्वाधिक ठुला पाँच अर्थतन्त्र हुन्। शीर्ष १० मुलुकको अर्थतन्त्र जोड्दा विश्वव्यापी अर्थतन्त्रको ६६ प्रतिशत हुन आउँछ। शीर्ष २५ देशहरूले विश्वव्यापी जिडिपीको ८४ प्रतिशत हिस्सा बोकेका छन् ।

जर्मनीको अर्थतन्त्रको आकार ४ हजार ३१ अर्ब डलरको रहेको छ। भारतको ३ हजार ४६८ अर्ब डलर पुगेको छ। यससँगै चाखलाग्दो कुरा के छ भने भारतले बेलायतलाई पछि पार्दै शीर्ष पाँच अर्थतन्त्रको रूपमा आफूलाई उभ्याएको छ।

हाल १०१ दशमलव ६ खर्व डलर रहेको पृथ्वीको अर्थतन्त्रमा छैटौँ स्थानमा भने बेलायत रहेको छ। जसको अर्थतन्त्रको आकार ३ हजार १९८ अर्ब डलर रहेको छ। सातौँ, आठौँ, नवौँ र दशौँ मा क्रमशः २ हजार ७७८, २ हजार २ सय, २ हजार १३३ र १ हजार ९९७ अर्ब डलरको अर्थतन्त्र रहेका फ्रान्स, क्यानडा, रसिया र इटाली रहेका छन्।

विश्वको सबैभन्दा साना अर्थतन्त्रहरू

संसारका २५ वटा ठुला बहेका बाँकी विश्वका १६७ राष्ट्रहरूले विश्वव्यापी जिडिपीको १६ प्रतिशत मात्र हिस्सा बनाउँछन्। धेरै साना अर्थतन्त्रहरू मध्ये अधिकांश ओशिनियामा अवस्थित मुलुकहरू हुन्।

यहाँ संसारका १० साना अर्थतन्त्रहरू यस प्रकार रहेका छन् :

देशको नाम जिडिपी (अर्ब डलरमा)

टुभालु ०.०६

नाउरु ०.१३

किरिबाटी ०.२१

पलाउ ०.२३

मार्शल टापुहरू ०. २७

माइक्रोनेसिया ०.४३

टोंगा ०.५०

साओ टोमे र प्रिन्सिप ०.५१

डोमिनिका ०.६०

सामोआ ०.८३

२०२३ मा विश्व अर्थतन्त्रको अनुमान

सन् २०२३ं मा धेरै आर्थिक अनिश्चितता छुने देखिएको छ। धेरै विज्ञहरूले अल्पकालीन मन्दीको अनुमान गरिरहेको भए पनि यो विचारमा धेरै असहमतिहरू छन्। ठुलो सङ्ख्यामा विश्लेषकहरूले मन्दी केही लामो समयसम्म रहने आधारहरू पेस गरिरहेका छन्

यसैबिच केही विज्ञहरूले चीनले आर्थिक मन्दीको प्रवृत्तिलाई रोक्ने विश्वास गर्छन्। यदि यो भविष्यवाणी साँचो भयो भने चीनले निकट भविष्यमा विश्वव्यापी ‘जिडिपी पाई’ चार्टको अझ ठुलो हिस्साको स्वामित्व लिन सक्छ। (यो सामग्री आइएमएफको तथ्याङ्कमा आधारित छ)

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार