यी ६ कम्पनीका सेयर किन्नेले पाउनेछन् बम्पर लाभांश, सुरक्षित गर्ने आज अन्तिम दिन

२०७९ पुष १७, आईतवार ०८:१३ बजे

काठमाडौं : कम्पनीले लाभांश घोषण गरेसँगै वार्षिक साधारण सभा समेत आव्हान गरी रहेको छन् ।

साधारण सभा प्रयोजनका लागि ६ कम्पनीले सोमबार (पुष १८ गते) बुक क्लोज गर्ने भएका छन् । सो कारण आजसम्म अर्थात पुस १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र करसहित ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित पारितका लागि कम्पनीले पुष २८ गते होटल सोल्टी सोल्टीमोड काठमाडौमा साधारण सभा बिहान ११ बजे गर्ने गरी बोलाएको छ ।

नबिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १८.५० प्रतिशत बोनस शेयर र ११.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष २९ गते सिल्भर ओक ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस शेयर र करसहित ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि पुष २९ गते लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे बस्ने गरी साधारण सभा आव्हान गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष २९ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा साधारण सभा बोलाएको छ ।

नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते राष्ट्रिय सभा गृह पदर्शनी मार्ग काठमाडौंमा साधारण सभा बिहान १० बजे बोलाएको छ ।

त्यस्तै बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुष ३० गते कार्की ब्याक्वेंट बबरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार