एनटीआर ३१ मा भिलेनको भूमिकामा देखिदै आमिर

२०७९ पुष १७, आईतवार ११:१४ बजे

एजेन्सी : टलिउडको दायरा पेन इण्डियासम्म पुगिसकेको छ । यहीकारण कैयौं बलिउड स्टारले आफूहरू साउथ फिल्ममा काम गर्न चाहेको बताइसकेका छन् । तर अब आमिर खान भने यी सबै कुरा भन्दा एक कदम अगाडि आएका छन् ।

आमिरले ‘केजीएफ १’ र ‘केजीएफ २’ जस्ता फिल्मका निर्देशक प्रशान्त नीलको नयाँ फिल्म ‘एनटीआर ३१’मा अभिनयका लागि हस्ताक्षर गरेका छन् । फिल्ममा जूनियर एनटीआर प्रमुख भूमिकामा हुनेछन् ।

फिल्ममा भिलेन चरित्रका लागि आमिरलाई प्रस्ताव गरिएको छ । निर्देशक प्रशान्तले आमिरलाई स्क्रिप्ट सुनाएपछि आमिरले फिल्ममा काम गर्न सहमति जनाइसकेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि जूनियर एनटीआर र आमिरलाई दर्शकले एकसाथ पर्दामा हेर्न चाहेका थिए । जुन चाहना अहिले आएर पुरा गरेको छ ।

आमिरले यसअघि एनटीआर अभिनित फिल्म ‘आरआरआर’को प्रमोसनमा पनि सहभागिता जनाएका थिए । आमिर र एनटीआरले फिल्मको गीत ‘नाटू नाटू’ नाँचेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार