मिस युनिभर्समा भाग लिन सोफिया अमेरिका प्रस्थान

२०७९ पुष १७, आईतवार ११:४२ बजे

काठमाडौं : मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो ।

अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले भनिन्, ‘आफ्नो तयारीप्रति ढुक्क छु ।’

मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१ औं श्रृंखलाको ताज नेपाल भित्रिनेमा आशावादी देखिएको छ । पेजेन्टमा सोफियाले नेपाली संस्कृति झल्किने कस्ट्युम तयार पारेकी छन् । यसपकको मिस युनिभर्सको प्रतिस्पर्धा अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुँदैछ । जनवरी १४ मा हुने फिनालेमा ८५ भन्दा बढी देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

सोफियाले आफूलाई साथ दिन सबै नेपालीसँग आग्रह पनि गरेकी छिन् । गत अगस्टमा काठमाडौंको याक एण्ड यति होटलमा भएको प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को ताज जितेकी थिइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार