बढ्दो कोलेस्ट्रोललाई नियन्त्रण गर्न अपनाउनुहोस् यी घरेलु उपाय

२०७९ पुष १७, आईतवार १२:२३ बजे

काठमाडौं : आजकल खराब जीवनशैली र गलत खानपानका कारण मानिसहरु कैयौं गम्भीर रोगको सिकार भइरहेका छन् । यी मध्ये एक रोग हो उच्च कोलेस्ट्रोल । कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो। यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ। स्वस्थ्य जीवनका लागि कोलेस्टेरोल आवश्यक हुन्छ ।

रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्टेरोल शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुन्छ। त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।

मधुमेह जस्तै, धेरैजसो मानिसहरू कोलेस्ट्रोलबाट पनि त्रसित छन्। कोलेस्ट्रोल बढ्दा सबैभन्दा बढी जोखिममा पर्ने रोग हृदयघात हो । कोलेस्ट्रोलको वृद्धिले धेरै मानिसलाई चिन्ति बनाउने गर्दछ। यस्तो अवस्थामा यसलाई नियन्त्रण गर्न यी घरेलु उपाय अपनाउनुहोस् ।

यी घरेलु उपायहरूले उच्च कोलेस्ट्रोल नियन्त्रण गर्नेछ:

खाली पेटमा लसुन – लसुनले खानाको स्वाद मात्र बढाउँदैन मुटुलाई पनि स्वस्थ राख्छ । मुटुलाई स्वस्थ राख्नुका साथै लसुनले रक्तचापलाई सामान्य बनाउन पनि मद्दत गर्छ । त्यसैले दैनिक ३–४ वटा लसुनको कोपिला खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा ९ देखि १५ प्रतिशतसम्म घटाउन सकिन्छ ।

ओखर –ओखरले कोलेस्ट्रोलको स्तरलाई बराबर गर्ने काम गर्छ । यो खाँदा रक्तनलीले जम्मा भएको कोलेस्ट्रोललाई बिस्तारै पग्लन्छ। जसका कारण कोलेस्ट्रोलको मात्रा स्वतः सन्तुलित हुन थाल्छ ।

ओट्स– ओट्सको सेवनले पनि कोलेस्ट्रोललाई नियन्त्रण गर्न सकिन्छ । यसमा ग्लुकोन नामक तत्व पाइन्छ। यो ग्लुटेनले आन्द्रा सफा गर्ने काम गर्छ। यसले शरीरलाई कोलेस्ट्रोल अवशोषित गर्नबाट रोक्छ। यसको लगातार सेवन गर्नाले करिब ३ महिनामा प्रभाव देख्नुहुनेछ ।

रातो प्याज– रातो प्याजले कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ । यसका लागि एक चम्चा रातो प्याजको रसमा एक चम्चा मह मिसाएर एक महिनासम्म लगातार खानुहोस् । यसो गर्नाले कोलेस्ट्रोल नियन्त्रण हुन्छ ।

कालो र हरियो चिया– कालो र हरियो चिया दुबैमा एन्टिअक्सिडेन्ट गुण हुन्छ जसले कोलेस्ट्रोलको स्तर कम गर्छ। कोलेस्ट्रोलका लागि हरियो चिया अलि राम्रो छ। यसमा दूध र चिनी नराखी खानुहोस् ।

माछा – माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुई देखि तीन पटक आफ्नो भोजनमा माछाको तेल वा माछाको परिकार खानुहोस् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार