
काठमाडौं : रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ। ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको अनुभूति दिलाउँछ। फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ। यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन्।
फिल्ममा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसंग जोडी बाँधेका छन्। यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसँग बाँधिएको छ। कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्षा कट्टेलले पनि आवाज दिएकी छन्।
फिल्ममा विपिन, अरुणा, दयाहाङ, प्रियंका, गौमाया, सोमनाथसँगै शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ। अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ।
जोश हेरुमको छायाङ्कन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ। फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ। फिल्म यशोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।