नेपाल टी-२० लिगमा काठमाडौंको तेस्रो जित

२०७९ पुष १७, आईतवार १३:५५ बजे

काठमाडौं : नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सले तेस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ९० रनले हरायो।

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनपुर १९.१ ओभरमा ९० रनमै अलआउट भयो। जनकपुरका लागि साराफुद्दिन असरफले सबैभन्दा बढी ३७ रन जोडे। बलिङमा काठमाडौंका अभिनास बोहाराले ४ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ६ विकेटको क्षतिमा १८० रन जोड्यो। उसका लागि सुनाम गौतमले ६२ रन र रायन बुर्लले नटआउट ६१ रन जोडे।

बलिङमा जनकपुरका जितेन्द्र मुखियाले ३ विकेट लिए। लिगको अंक तालिकामा लुम्बिनी अलस्टार्स ६ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानको जनकपुरको ६ खेलबाट ८ अंक र तेस्रो स्थानको काठमाडौंको ५ खेलबाट ६ अंक छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार