१७.२६ अंकले बढ्यो नेप्से परिसूचक

२०७९ पुष १७, आईतवार १५:२० बजे

काठमाडौँ : साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७२ अङ्कले घटेर ३९४.०२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा नबिल बैंक अग्रिम स्थानमा छ। यसको आज २२ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा दूरसंचार कम्पनी र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक २ उपसुचक घटेको छ भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ। आजको कारोबारमा सिर्जनसिल लघुवित्त र खप्तर्ड लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिद्धार्थ इक्ती फण्ड र नेपाल बैंक ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार