झापामा जंगली हात्तीको हुलले घर भत्काउँदा एक जनाको मृत्यु

२०७९ पुष १७, आईतवार १६:१८ बजे

झापा : झापाको दुधेमा आइतबार दिउँसो जंगली हात्तीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ ।

चारवटा जंगली हात्तीले स्थानीय एक घर भत्काउँदा दुईजना घाइते भएका थिए । घरको ब्लकले थिच्दा गम्भीर घाइते भएकी ६१ वर्षीया कृष्णमाया भण्डारीको उपचारका क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

घर भत्कँदा उनका श्रीमान ७१ वर्षीया शान्तीराम भण्डारी पनि घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार