राजनीतिमा फउल खेल्नु हुँदैन, फउल खेल्यो भने रेडकार्ड पाएर आउट भइन्छ : ओली

२०७९ पुष १७, आईतवार १६:४१ बजे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेल्न नहुने टिप्पणी गरेका छन्।

उनले फउल खेलेमा एलोकार्ड र रेडकार्ड पाएर आउट हुने बताए। आइतबार मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औं स्थापना दिवसका अवसरमा बोल्दै अध्यक्ष ओलीले राम्रो खेलाडीले पोष्टमै गोल हान्ने र नराम्रो खेलाडीले अर्काको खुट्टामा हान्ने गरेको बताए।

अध्यक्ष ओलीले भने, ‘राम्रो खेलाडी फउल खेल्दैन। फउल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन पनि सक्दैन।’

उनले दैनिक, व्यावहारिक, सामाजिक र लेनदेन कारोबारो लगायतका क्षेत्रमा फउल खेल्न नहुने उल्लेख गरे। ओलीले नेपाली कांग्रेसतर्फ लक्षित गर्दै भने, ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। कहीँ पनि फउल खेल्न हुँदैन। फउल खेल्यो भने एलोकार्ड, कहिले कहिल्यै त रेडकार्ड नै दिएर आउट हुन्छ।’

ओलीले खेलकुदमा समस्या रहेको बताउँदै खेलकुदमा समस्याहरु सरकारसँग पुर्‍याउने आश्वासन दिए

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार