आहा-रारा पोखरा गोल्डकप : चर्चसँग मच्छिन्द्र पराजित

२०७९ पुष १७, आईतवार १६:४५ बजे

गण्डकी : २२ औं संस्करणको आहा-रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा मच्छिन्द्रले चर्च ब्वाइज युनाईटेडसँग हार बेहोरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा चर्चले मच्छिन्द्रलाई ३–१ ले पराजित गरेको हो ।

चर्चको जितमा आशीष चापागाईंले २ र आशीष चौधरीले १ गोल गरे । मच्छिन्द्रका लागि एकमात्र गोल सौरभ सुब्बाले गरे । खेलको २२ औं मिनेटमा आशीष चापागाईंले गोल गर्दै चर्चलाई अग्रता दिलाए । बिकु राईले दिएको लामो पासमा अञ्जन विष्टले हेडर गरेर गोलरक्षक विशाल श्रेष्ठसँग ठोक्किएपछि आशीष चापागाईंले गोल गरेका थिए ।

पहिलो हाफमा थपिएको ३ मिनेटको खेलमा चर्चले थप १ गोल गर्‍यो । चर्चका आशीषले ४६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सके । आशीष चौधरीको असिस्टमा उनले गोल गर्दै चर्चलाई २ गोलको अग्रता दिलाए । खेलको ६५ औं मिनेटमा आशीष चौधरीले गोल गर्दै चर्चको जित सुनिश्चित गरे ।

८८ औं मिनेटमा मच्छिन्द्रका लागि सुब्बाले गोल फर्काएका थिए । अभिषेक गुरुङका पासमा उनले गोल गरेका थिए । खेलको अन्तिम केही समय मच्छिन्द्रले दबाब बढाए पनि पाएका मौका सदुपयोग गर्न नसक्दा खेल हार्न पुग्यो । अब चर्चले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी र भुटानी क्लबबीचको विजेतासँग खेल्ने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार